अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजस्व चुहावट नियन्त्रण सम्बन्धि कार्यक्रम
पब्लिक प्रेस संवाददाता
राजविराज।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ बेल्हीस्थित राजविराज भन्सार कार्यालयले ७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा चुहावट नियन्त्रण सम्बन्धि कार्यक्रम गरेका छ्न।
बिहीबार भन्सार कार्यालयले उक्त दिवसको अवसरमा भन्सार अफिसर,सुरक्षा निकाय,स्थानीयवासीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको तिलाठी प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक हृदय प्रसाद यादवले बताएका छन ।
सोही कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अभि नारायण काफ्ले,प्रहरी चौकी तिलाठीका प्रमुख हृदय प्रसाद यादव,बोर्डर आउट पोस्ट तिलाठीका प्रमुख कृष्ण कुमार भण्डारी तथा विभिन्न संग संस्थाका प्रमुख व्यपारीलाई प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सम्मानपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ को १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सतिश कुमार सिंहले प्रमुख अतिथिको रुपमा सहभागी भएको थियो ।
त्यसैगरी ,प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा,तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डल,जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्ले, अनुसन्धान प्रमुख टिका पौडेल, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गणका निमित्त गणपति सहायक प्रहरी नायब उपरीक्षक नविन सिहँ राई, भारत जिल्ला सुपौलका कस्टम अफिसर सतिश कुमार सिंह, उधोग बाणिज्य संघ सप्तरीका प्रतिनिधी,बोर्डर आउट पोस्ट तिलाठीको बिओपिपति सशस्त्र प्रहरी निरीक्षक कृष्ण कुमार भण्डारी, प्रहरी चौकी तिलाठीका प्रहरी नायब निरीक्षक हृदय प्रसाद यादव, राजविराज भन्सार कार्यालयका कर्मचारीहरु, स्थानिय व्यापारीक, भद्र भलादमी र पत्रकार लगायत उपस्थिति रहेको थियो।