कोसीमा सरस्वती मुर्ति विसर्जन गर्नेको ओइरोधुइरो
पब्लिक प्रेस संवाददाता
राजविराज।
श्री बसन्त पञ्चमीको अवसरमा बिहिवार सप्तरी लगायत जिल्लाहरुमा बिद्याकी देवी सरस्वतीको पुजा-आजाका गरि मनाएर शुक्रबार मुर्ति विसर्जन गरेका छ्न।सोही क्रममा कोसी ब्यारेजस्थित मुर्ति विसर्जन गर्ने भक्तजनको ओइरोधुइरो लागेका छ्न।
बिहीबार सरस्वती पूजाको अवसरमा सप्तरीको बिभिन्न सामुदायिक विद्यालयहरुमा मूर्ति स्थापना गरि पुजा तथा विशेष कार्यक्रमको साथ मनाएका थिए ।शुक्रबार बिहानैदेखि मुर्ति विसर्जनका लागि भक्तजनहरुले कोसी ब्यारेज आएको स्थानीयले बताएका छ्न।
सप्तरी र सुनसरी जिल्ला लगायत विभिन्न जिल्लाबाट भक्तजनहरु मुर्ती विसर्जन गर्न ब्यारेजलाई केन्द्र बनाएपछि ओइरोधुइरो लागेको पत्रकार नविन यादवले बताएका छ्न।”ब्यारेजमा शुक्रबार मुर्ति विसर्जनका लागी ओइरोधुइरो नै लागेको थियो”उनले भने ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ उक्त दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिएको हो ।