जेसीजमा काबरा
सप्तरी, १४ माघ : राजविराज जेसीजमा उज्जवल काबराको अध्यक्षतामा आज १३ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ ।
राजविराज जेसीजको कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा बिक्रम काबरा र सुनितकुमार मुन्ना, कानुनी सल्लाहकारमा विप्लब आनन्द, महासचिवमा रबी राय र कोषाध्यक्षमा पंकज देव चयन हुनु भएको छ ।
यसैगरी उपाध्यक्षहरुमा होमश काबरा, संजोग देव, अनिल साह, रिया राय सञ्चेती, सचिवमा रञ्जना चौधरी, शाखा सम्पादकमा मनिष दास र थिम सम्पादकमा रंजिब साह मनोनयन हुनु भएको छ ।
नयाँ कार्यसमितिको आज राजविराज जेसीज भवनमा आयोजित पदास्थापन कार्यक्रममा प्रमुख अतिथि सप्तरीका प्रमुख जिल्ला अकिारी भूपेन्द्र थापाले ‘शासन व्यक्तिको होइन बिधीको हुनुपर्छ’ भन्ने जेसीजको दर्शन सबैले आत्मसात गर्नुपर्ने बताउनु भयो । विभिन्न क्षेत्रमा सकारात्मक र असल युवाहरुको खाँचो रहेको भन्नु हुँदै प्रजिअ थापाले युवाहरुले क्रियाशील सामाजिक जीवनका लागि मार्गदर्शन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा लायन्स क्लबका गर्भनर शंकर शारदा, नेपाल आदिवासी जनजाती महासंघ सप्तरीका अध्यक्ष अरुण प्रधान, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललीता साह, सप्तरी अध्यक्ष श्रवण देव, अधिवक्ता मनु खनाललगायतले शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रहरी उपरिक्षक अविनारायण काफ्ले, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका निर्देशक टिकाप्रसाद पोखरेल, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झा, नेपाल पत्रकार महासंघ सप्तरीका पूर्व अध्यक्ष धिरेन्द्रप्रसाद साह, लायन्स क्लबका शेखर प्रसाद सिंह, सत्यभान प्रसाद सिंहलगायत राजविराज जेसीजका पूर्व अध्यक्षहरु, महिला मानवअधिकार रक्षक सञ्जाल, मेची महाकाली बुहारी संयुक्त आवाज, सञ्चारकर्मी, अधिकारकर्मी, उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष काबराले जेसीजको विधान, भावना र मान्यताअनुरुप जेसीज अभियानलाई सशक्त ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शान्ति र समृद्धिका लागि जिम्मेवार यूवाहरुको निर्माण गर्न र यो वर्षलाई उपलब्धिमूलक बनाउने प्रतिबद्धता जनाउनु भयो ।
पदास्थापअघि निर्वाचन संयोजक सिद्धार्थ तातेडले निर्वाचन परिणाम घोषणा गर्नुभयो ।