प्रदेश सांसद कर्ण द्वारा शैक्षिक सामग्री वितरण
राजविराज
प्रदेश सांसद माला कर्णले स्कूलमा अध्ययनरत वालवालिका हरूलाई शैक्षिक सामग्री वितरण गर्नु भएको छ। आइतबार प्रेस सेन्टर नेपालको १९औं स्थापना दिवसको अवसरमा राष्ट्रिय प्राथमिक अधारभूत विधालय राजविराज-८ का वालवालिका हरूलाई सो शैक्षिक सामग्री वितरण गर्नु भएको हो।
राजविराज नगरपालिका वडा नम्बर ८ स्थित रहेका राष्ट्रिय प्राथमिक अधारभूत विधालयका वालवालिका हरूलाई शैक्षिक सामग्री वितरण गर्नुहुदै सांसद कर्णले
आगामी दिनमा प्रदेशका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारको निम्ति आफूले गर्नुपर्ने पहल प्रदेश सरकार सँग गर्ने बताउनु भयो। उहाँले नगरपालिका-८मा एउटा मात्र सामूदायिक विधालय रहेकोले यसलाई नमुना विधालय को रूपमा परिणत गर्नु पर्ने थप्नुभयो। राजविराज -८का सो विद्यालय महिलाहरू मात्रै संचालन गर्दै आएको र विद्यालय व्यवस्थापन समितिमा समेत महिलाहरूकै टिम रहेकोले यो विधालय आफैमा नमुना विद्यालय रहेको बताउनु भयो। विधालयमा सबै थोक हुँदाहुँदै पनि वालवालिका हरूलाई निरन्तर पढाइको लागि प्रोत्साहन गर्नु पर्ने सांसद कर्णले बताउनु भयो।
पछिल्लो समय यस विधालयमा दलित बस्तीका डेढ सय विद्यार्थी छन। तर तिनीहरु सबै विद्यालय नआइदिएर पठनपाठनमा समस्या हुँदै आएको शिक्षिका रेणु गुप्ताले भनुभयो। शिक्षिका गुप्ताले वालवालिका हरूलाई निरन्तर समय विधालय ल्याउन विभिन्न पहल गरिरहेको बताउनु भयो।
वालवालिका हरूलाई शैक्षिक सामग्री वितरण प्रेस सेन्टर नेपालको जिल्ला समन्वय समिति सप्तरीका अध्यक्ष दिनानाथ यादवको अध्यक्षतामा सम्पन्न भएको हो भने सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ललिता साह, प्रेस सेन्टर नेपालको प्रदेश महासचिव गोपाल प्रसाद गुप्ता, सचिव ध्रुव कुमार मंडल, जिल्ला उपाध्यक्ष कमान्नद माझी, कोषाध्यक्ष जितेन्द्र गुप्ता लगायत विधालयका महिला शिक्षकहरुको समेत उपस्थिति रहेको थियो।
विधालयका ३५ जना वालवालिका हरूलाई ५/५ वटा कापी र २/२ वटा डटपेन समेत वितरण गर्नु भएको सेन्टरका अध्यक्ष यादवले बताउनु भयो।