शम्भुनाथ नगरपालिकामा तेस्रो अन्तर बिद्यालय राष्ट्रपति रनिङ प्रतियोगिता उद्घाटन
पब्लिक प्रेस संवाददाता
राजविराज ।सप्तरीको शम्भुनाथ नगरपालिकामा तेस्रो नगरस्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन भएको छ।
नगरपालिकाको आयोजनामा बुधबार वडा नम्बर ३ कचन्दाहास्थित राम दयाल माध्यमिक बिधालयको खेलमैदानमा तेस्रो वर्षको रनिङ प्रतियोगिता उद्घाटन भएको हो।
उक्त नगरपालिकाभित्र रहेका २३ वटा बिधालयहरुलाई सहभागी गराई भलिबल र एथ्लेटिक्समा प्रतिस्पर्धा गराउने शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिदुर चौधरीले बताएका छ्न।
कक्षा १ देखी ५ सम्मका २४/२४ जना छात्रछात्राहरुलाई एक सय मिटर दौडमा,कक्षा ६ देखी ८ सम्मका १४/१४ जना छात्रछात्राहरुलाई दुई सय मिटर दौडमा,कक्षा ९ देखि १२ सम्मका छात्रछात्राहरुलाई क्रमश सय मिटर दौडमा ६/६ जना,दुई सय मिटर दाेडमा ५/५ जना,चार सय मिटर दाेडमा ५ /५ जना र आठ सय मिटर दाेडमा ५ जना छात्र तथा चार जना छात्रालाई सहभागी गराइएको आयोजकले बताए ।
त्यस्तै,लोङ्ग जम्पमा ६/६ जना छात्रछात्रा,रिले खेलमा छ वटा बिद्यालयका २४ जना छात्रछात्रा र भलिबल खेलमा पाँच वटा बिधालयका ४५/४५ जना छात्रछात्राहरु सहभागी भएको बताए ।
प्रतियोगिता उद्घाटन शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख बिदुर चौधरीको अध्यक्षता,नगर उपप्रमुख अनिता चौधरीको प्रमुख आतिथ्यतामा र भुपु राष्ट्रियसभा उपाध्यक्ष रामपृत पासवान,भुतपुर्व नगरप्रमुख योगेन्द्र प्रसाद चौधरी,भुतपुर्व प्रतिनिधिसभा सदस्य दानालल चौधरी,शिक्षा बिकास तथा समन्वय इकाई सप्तरीका प्रमुख राजदेव यादव तथा प्रमुख प्रशासकीय अधिकृत राज कुमार दासको विशिष्ट आतिथ्यतमा सम्पन्न भएको थियो ।
सोही उद्घाटन समारोहमा बिधालय जग्गा दाता परिवारका सदस्य जग्गनाथ मुन्धडा,जिल्ला समन्वय समिति सदस्य सविता कुमारी साह र १२ वटै वडाका वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।