गिदखोरामा लागू औषध सेवन बिरुद्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न
जितेन्द्र यादव
भारदह –
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालीका वडा-३ गिदखोरा स्थित महुली रा.प्रा.बि. गिदखोरा पुर्व टोल गिदखोरामा मादक पदार्थ तथा लागू औषध बिरुद्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय समाज सेवी तथा जनता समाजवादी पार्टीको केन्द्रीय सदस जगदेव यादवको अध्यक्षता एवं नगर प्रमुख बिरेन्द्र माझीको प्रमुख अथ्तियमा सम्पन्न स्थानीय युवा पत्रकार जितेन्द्र यादवको पहलमा एग्रो सोसाइटी नेपाल द्वारा आयोजन भएको थियो ।
कार्यक्रममा विशिष्ट अथ्तिकोरुपमा ह.क.न.प का नगर उपप्रमु सरिता यादव,अथ्तिहरु ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख प्र.ना.नि राम आशिस मेहता ,प्रा.स.नि. दिलिप खडगा ,ट्राफिक पोष्ट भारदहका प्रमुख प्र.स.नि. टेक बहादुर बस्नेत , प्रेस चौतारी नेपाल शाखा सप्तरीका अध्यक्ष डम्बर राई, प्रेस चौतारीका भुपदेव माली लगाइतकाले अचेल १८ वर्ष मुनिका युवाहरूले मादक पदार्थ सेवनको कुलतमा परेर गाउँ समाजको मर्यादा मा विक्रिति र शरिरमा नोक्सानी पुर्याउने जस्ता कार्यहरु गर्दै भाएको स्थितिलाई तत्काल रोक लगाउनु पर्नेमा जोड दिदै अब उपरान्त १८ मुनिका बाल-बालिकालाई कुनै पनि पसलेले मदिरा विक्रि बितरण गरे कानुनी कार्बाही गर्नुको संगै सामाजिक बहिष्कार गर्नु पर्ने जितेन्द्र यादब ले बताउनु भयो ।
केशव प्रसाद यादबले मंच संचालन गरिएको सो कार्यक्रममा सय भन्दा बढी स्थानियहरुको सहभागिता रहेको थियो भने विधा्लय परिसर भित्र जडियाहाहरुले छिरेर होहल्ला गर्ने भएको हुदा यस्तो व्याक्तिहरुलाई कार्वाही गरिने बताउनु भयो