प्रेस चौतारीको २५ औं स्थापना दिवसमा सप्तरी शाखाले गरे सरसफाइ
पब्लिकप्रेस संवाददाता
राजविराज ।प्रेस चौतारी नेपाल,शाखा सप्तरीले संगठनको २५ औं स्थापना दिवसको अवसर पारेर सरसफाइ गरेका छ्न।
आइतबार हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदहस्थित पुर्वी नेपालकै प्रसिद्ध शक्तिपिठ कंकालनी भगवती मन्दिरको प्राङ्गणमा सरसफाइ गरेका हुन ।


सोही कार्यक्रममा चौतारीको निमन्त्रणा स्वीकार गरि ईलाका प्रहरी कार्यालय भारदह र सशस्त्र प्रहरी बल सुरक्षा बेश भारदहले समेत एक्यवद्धता जनाएका थिए ।बिहान ९ बजेदेखि चौतारी शाखा सप्तरीका कार्यसमिति,प्रदेश कमिटी र केन्द्र कमिटीका सदस्य तथा सुरक्षा निकायले मन्दिर हाताभित्र सरसफाइ गरेका थिए ।
शाखा सप्तरीका अध्यक्ष डम्बर राईको अध्यक्षता र केन्द्र कमिटी सदस्य तथा सप्तरी इन्चार्ज खगेन्द्र कार्कीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो।त्यस्तै,चौतारीका पुर्व केन्द्रिय उपाध्यक्ष मनोहर पोखरेल,शाखा उपाध्यक्ष नानी मैया कटवाल,सचिव शिव आचार्य,कोषाध्यक्ष भुपदेव माली,सदस्य नविन यादव,प्रदेश कमिटीका महिला उपाध्यक्ष अर्चना परियार,सदस्य पिन्टु यादव,ईलाका प्रहरी कार्यालय भारदहका प्रहरी नायब निरीक्षक राम आशिष महतो,सशस्त्र प्रहरी बल सुरक्षा बेश भारदहका सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार आले लगायत २५ जनाको सहभागिता रहेको थियो ।

वि.स.२०४६ सालको परिवर्तन पछि नेपालको मिडियामा आबद्ध पत्रकारहरु संगठित हुदै गएको इतिहास छ।त्यस्तैक्रममा,वि.स.२०५५ मंसिरमा प्रेस चौतारी नेपालको तदर्थ समिति गठन भई २०५५ माघ २२ गतेका दिन विधिवत दर्ता गराइएको थियो।स्थापना भएको उक्त दिनको सम्झनामा प्रत्येक वर्ष संगठनले निरन्तर स्थापना दिवस मनाउँदै आएको छ।यस वर्ष पनि देशैभर विभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाएको हो।