सिमानाकाबाट हुने चोरी र तस्करी रोक्न डिआइजीको निर्देशन
पब्लिक प्रेस संवाददाता
राजविराज ।मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षकले सिमानाका भएर हुने चोरी,तस्करी रोक्न निर्देशन दिएका छ्न।
सोमबार सप्तरी आएका डिआइजी बसन्त बहादुर कुँवरले तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर १ बेल्हीस्थित प्रहरी चौकीलाई यस्तो निर्देशन दिएका हुन।
डिआइजी कुँवरले सप्तरीका ४ वटा युनिट र ईलाका प्रहरी कार्यालयका इन्चार्जहरुलाई उच्च मनोबलका साथ ईमानदारीपुर्वक तस्करी,चोरी पैठारी,लागु औषध नियन्त्रण र अपराध नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।
ईलाका प्रहरी कार्यलय सखडा , ईलाका प्रहरी कार्यलय विष्णुपुर , प्रहरी चौकी मल्हनिया र प्रहरी चाैकी तिलाठीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई भेला गराई सिमावर्ती क्षेत्रमा दिनहुँ तस्करी ,चाेरी , लागु औषध ओसारपसारका घटनाहरू बढि मात्रमा भैरहेको तथ्याङ्क रहेका कारणले प्रदेश प्रहरी कार्यालय संवेदनशील भैइ निर्देशन दिएको हो।