हनुमाननगर कंकालनी नगरपालिकामा जिन नेपालको पुनर्गठन
पब्लिक प्रेस संवाददाता
राजविराज ।हनुमाननगर कंकालनी नगरपालिकामा बालिका तथा समावेशी शिक्षा सञ्जाल(जिन)को नगरस्तरीय सञ्जाल पुनर्गठन भएको छ।मंगलबार सो नगरपालिकाको सभाहलमा आसमान नेपालले आयोजना गरेको कार्यक्रमबाट उक्त सञ्जाल पुनर्गठन भएको हो।
बिद्यालयमा हुने लैङ्गिक हिंसा न्यूनीकरण गर्न गुनासो सुन्ने अवधारणा अनुरुप उक्त सञ्जाल गठन भएको कार्यक्रम सञ्चालिका शन्ता सिंहले बताएकी छिन।गत असोज ११ गते प्रथम पटक गठन भएको सो सञ्जाल पुनर्गठन गरेको उनले बताइन् ।नेपालको संविधान २०७२ को धारा ३१ मा प्रदत्त शिक्षा सम्बन्धि हक कार्यान्वयन गर्न र प्रत्येक नागरिकलाई आधारभूत शिक्षाको पहुँचमा ल्याउन जिन कार्यक्रम सञ्चालनमा आएको सिंहले बताइन् ।
सञ्जाल गठनको कार्यबिधि बमोजिम नगरपालिकाको प्रमुख संरक्षक र उपप्रमुख संयोजक रहने व्यवस्था छ।त्यसैगरी,प्रमुख प्रशासकीय अधिकृत,समाजिक बिकास अधिकृत,महिला तथा बालबालिका शाखा प्रमुख,स्वास्थ्य शाखा प्रमुख र सामुदायिक बिद्यालयका एक जना प्रधानाध्यापक सदस्य रहने व्यवस्था छ।त्यस्तै,उक्त सञ्जालको सदस्य सचिवको रुपमा शिक्षा तथा खेलकुद शाखा संयोजक रहने व्यवस्था छ।
सोही अनुरुप उक्त सञ्जालको संरक्षकको रुपमा नगरप्रमुख बिरेन्द्र माझी,संयोजकको रुपमा उपप्रमुख सरिता यादव , प्रमुख प्रशासकीय अधिकृत हरिमोहन शर्मा सदस्य र शिक्षा संयोजक हरि नारायण साह सदस्य सचीव रहनेगरि अन्यलाई कार्यबिधि बमोजिम सदस्यको रुपमा सञ्जालमा राखिएको छ।
उक्त कार्यक्रममा नगरप्रमुख माझि,उपप्रमुख सिपलिया,कंकलानी माध्यमिक बिद्यालय पोर्ताहाका प्राविधिक शिक्षिका ललिता कुमारी सनग्रौला,भुपनेश्वर भगत,बिपि माबिका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार गाइम,महाबिर माध्यमिक बिद्यालय हनुमाननगरका शिक्षक अजय कुमार साह,अनिश कुमार मण्डल,ईलाका प्रहरी कार्यालय हनुमाननगरका प्रहरी नायब निरीक्षक मनोज कुमार ठाकुर र पत्रकार पिन्टु यादव लगायतको उपस्थिति रहेको थियो।
हाल उक्त सञ्जाल मधेस प्रदेशको ६ वटै जिल्लाका स्थानीय तहमा लागु गरिएको छ।त्यस्तै,अन्य प्रदेशका केही जिल्लाहरुमा विस्तार भइरहेको छ।