त्रियुगा बहुमुखी सहकारीको अध्यक्ष पदका लागि कार्कीको उम्मेदवारी
पब्लिक प्रेस संवाददाता
राजविराज।
सप्तरीको सप्तकोसी नगरपालिका फत्तेपुरमा रहेको त्रियुगा बहुमुखी सहकारी संस्था लिमिटेडको फाल्गुन ९ गते हुने निर्वाचनमा संचालक समितिको अध्यक्ष पदमा संयुक्त प्यानलको तर्फबाट खगेन्द्र कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।
साविक फत्तेपुर,ओद्रहा,कमलपुर र धरमपुर गा.वि.स.समेत ३ हजार पाँच सय ६१ सेयर सदस्य रहेको उक्त संस्थामा निर्वाचनबाट निर्वाचित हुने संचालक समितिको अध्यक्ष पदका लागी कार्कीले उम्मेदवारी दर्ता गराएका हुन।उनलाई भकुण्डो चुनाव चिन्ह दिएको छ।
गत पुस २७ गते उक्त संस्थाको २१ औं साधारणसभा सम्पन्न भएको थियो ।संचालक समितिका लागि फाल्गुन ९ गते निर्वाचनको मिति तय गरिएको निर्वाचन समितिले जनाएको छ।उक्त संस्थाको कार्यसमितिका लागी अध्यक्ष पद सहित १२ वटा पदमा प्यानल बनाई उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ।
सोही निर्वाचनका लागी कार्कीको अध्यक्ष पदसहित १२ जनाको उम्मेदवारी परेको छ।त्यस्तै,अर्को प्यानल चन्द्रशेखर चौधरीको नेतृत्वमा १२ जना र डम्बरनारायण शाहको नेतृत्वमा १२ जना गरि जम्मा ३७ जनाको उम्मेदवारी दर्ता भएको छ।
कार्कीको नेतृत्वमा रहेको प्यानलमा अध्यक्ष,उपाध्यक्ष,जिल्ला प्रतिनिधि,लेखा संयोजक र महिला सदस्य ४ जना र खुला सदस्य ४ जना गरि १२ जनाको उम्मेदवारी दर्ता भएको छ।त्यसैगरी अन्य प्यानलमा समेत सोही अनुसारले उम्मेदवारी दर्ता भएको समितिले जनाएको छ।सोही निर्वाचनका लागी एक जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ।सहकारीको संचालक समितिको निर्वाचनमा सेयर सदस्यहरुले मात्रै मतदान गर्ने व्यवस्था बिधानमा रहेको छ।