पब्लिक प्रेस संवाददाता
राजविराज।तिरहुत गाउँपालिका वडा नम्बर २ मैनाकडेरीका ४० वर्षीय अमोद महात्मान यादवले ४५ वर्षीय एकल महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तार भएका छ्न।बुधबार प्रहरीले आरोपित यादवलाई पक्राउ गरि बिहीबार उजुरी दर्ता गरिएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ।
ऊनी विरुद्ध माघ २४ गते राती पीडितलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ।पीडितले बुधबार ईलाका प्रहरीमा उजुरी दिएपछि उनी सोही दिन पक्राउ परेको हो।
घरआँगन छेउमै रहेको शौचालय जाँदा आरोपितबाट बलात्कार प्रयास भएको पीडितको भनाइ छ।उनका अनुसार होहल्ला भएपछि आरोपित फरार भएको थियो ।बलात्कार प्रयासमा परेकी पीडितका छोरा मजदुरीका लागी काठमाडौमा रहेकोले घरमा बुहारी,एक नाती र एक नातिनीसँगै सुत्ने गरेकी थिइन । पीडितको स्वास्थ्य परीक्षण माघ २५ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको छ।