सप्तरीको कञ्चनरुप–९ मा झुण्डिएको अवस्थामा एक महिलाको शव फेला
उत्सव आचार्य
कञ्चनरुप, १ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर –९ मा आँपको रुखमा झुण्डिएको अवस्थामा सोमबार बिहान एक महिलाको शव फेला परेको छ ।
घर नजिकैको आँपको रुखमा आफ्नै सलको पासो बनाई झुण्डिएको अवस्थामा स्थानिय भिम बहादुर भुजेलकी ४५ वर्षीया श्रीमती शान्ता भुजेल मृत फेला परेकी हुन् ।
मृतकको पति भिम बहादुर भुजेलले आफूहरुलाई तीन ओटा सहकारी संस्थाको दुई लाख ऋणको बोझ हुँदा ऋण तिर्न धौधौ परिरहेकोले बुढीलाई मानसिक तनाव धेरै थियो, धेरै तनाव भएकोले झुन्डिएकी हुन सक्ने बताउनु भयो ।
झुण्डिएको मुख्य कारण थाहा हुन नसक्दा वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।