पब्लिक प्रेस संवाददाता
राजविराज। लघुबित्त संस्थाको कर्जा आतंकले आँपको रुखमा झुन्डिएर आत्महत्या गरेकी कन्चनरुप नगरपालिका ९ की ५८ वर्षीया शान्ता कुमारी भुजेलका परिवारलाई शनिबार खाद्यान्न सहयोग गरेको छ।
दलित सरोकार मञ्च नेपालले बित्तीय संस्थाहरु र स्थानीय व्यक्तिहरुसँग समेत मोटो रकम कर्जा लिएकी भुजेलका परिवारलाई खाद्यान्न सहयोग गरेको मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले बताए हुन।
उ गत आइतबार आँपको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन।लघुवित्तहरु तथा साहु महाजनबाट लिएको ऋण तिर्न दबाब आउन थालेपछि उनी तनावग्रस्त बनेको परिवारजनले बताए ।भुजेलको परम्परा अनुसार गर्नुपर्ने काज क्रियामा समेत आर्थिक अभावको जानकारी पाएपछि मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवानले सहयोग गर्ने निर्णय गरेको हो।कन्चरुप नपाकी उपप्रमुख मिना कुमारी पोखरेल,९ नम्बर वडाका अध्यक्ष रामसुन्दर यादव,कार्यपालिका सदस्य शोपा पासवान समेतको उपस्थितिमा भुजेल परिवारलाई उक्त सहयोग गरिएको छ।
मञ्चले मृतक परिवारलाई एक क्विन्टल चामल,४० किलो गहुँको पिठो,३ केजी दाल,२ केजी नून,तेल एक लिटर र ५ पिस साबुन सहयोग स्वरुप दिइएको मञ्चका संयोजक पासवाने बताए ।
“भुजेल परिवारको सम्पत्तिका नाममा १० धुर जग्गा मात्रै रहेको छ।”वडाअध्यक्ष राम सुन्दर यादवले पीडित परिवारको वास्तविकता सुनाउँदै भन्नुभयो “त्यो १० धुर जग्गा समेत अर्कैको नाममा रहेकाले फिर्ता गर्न सबैले पहल गरिनुपर्छ।”
मञ्चले कञ्चनरुप नपाका विपन्न गरिब परिवारका छोरीको विवाह र संस्कारमा खाद्यान्य सहयोग गर्दै आएका छन् । बितेको एक वर्षमा २ सय विपन्न परिवारको छोरीको विवाह र करिब ३ सय परिवार विपन्नलाई क्रियामा खाद्यान्य सहयोग गरेका जिल्ला संयोजक पासवानले बताए ।
आइतबार बिहान् घरदेखि दुई सय मिटर पश्चिममा रहेको आँपको रुखमा झुन्डिएको अवस्थामा मृत भेटेका हुन।पारिवारिक स्रोतका अनुसार उनले आठ वटा लघुबित्तबाट कर्जा लिएकी थिइन ।उक्त संस्थाहरुको मात्रै १३ लाख ३५ हजार ऋण लिएकी थिइन ।लघुबितले घरबाट समेत भएको सबै सर समान जफत गरेपछि उनी तनावमा थिइन ।त्यही तनाव र दबाब सहन नसकेर आत्महत्या गरेको हुन सक्ने बताए।उनी छोरीको बिहेमा ३/४ वटा लघुबित्तबाट कर्जा लिएकी थिइन।