सवारी दुर्घटनामा परि दुईको मृत्यु र १२ जना घाइत
पिन्टु यादव
राजविराज।पुर्ब पश्चिम राजमार्ग अन्तर्गत मंगलबार बिहान् सडक दुर्घटनामा परि दुई जनाले ज्यान गुमाएका छ्न।त्यसैगरी उक्त गाडीमा सवार १२ जना घाइते भएका छन।
कन्चनरुप नगरपालिका वडा नम्बर ९ विष्णु मन्दिर नजिकै स्कारपियो र बोलेरो पिकअप एक आपसमा ठक्कर खादा दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कन्चनपुरले जानकारी गराएका छन।
मृत्यु हुनेमा स्कारपियो सवार जिल्ला सुनसरी दुहबी नगरपालिका वडा नम्बर ३ बस्ने संजय चौधरीको श्रीमती अन्दाजी ४५ वर्षीया राजकुमारी चौधरी र सोही ठाउँ बस्ने ४० वर्षीय हरेराम साह हलुवाईको मृत्यु भएको हो।उनीहरुलाई पोस्टमार्टमका लागी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाएको छ।
अन्दाजी २ बजेर ४५ मिनेटको समयमा पुर्बतर्फ आउदै गरेको बा १८ च ६६१७ नं. को स्कारपियो र बिपरित दिशातर्फ जादै गरेको प्र २ -०२ -००१ च ०७४६ नं. को घोडा बोकेको बोलोरो पिकअप एक आपसमा ठक्कर खादा दुर्घटनास्थलमै उनीहरुको मृत्यु भएको थियो ।बोलेरो पिकअपमा रहेका दुई वटा घोडाको समेत मृत्यु भएको छ।
आपसमा ठक्कर खादा पिकअपमा रहेका दुई वटा घोडा मध्ये एउटा गाडिमा र एउटा उछिटिएर जमिनमा लडि घटना स्थलमा मृत्यु भएको थियो ।दुबै गाडीमा सवार घाइते १२ जनालाई तत्काल प्रहरी नायब उपरीक्षकको टोलीले स्थानीय धर्मेश्वर अस्पताल ठेलिया पठाएका थिए भने थप उपचारका लागी बिराटनगर रेफर गरिएको छ।