पब्लिक प्रेससंवाददाता
राजविराज ।नेपालमा सामुदायिक बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको महासंघले मधेस प्रदेशको अध्यक्षमा रुपनी गाउँपालिकाका दुर्गानन्द ठाकुरलाई चयन गरेको छ।
शुक्रबार प्रदेश राजधानी जनकपुरस्थित उद्योग वाणिज्य संघको हलमा सम्पन्न सम्मेलनको निर्णयले प्रदेश अध्यक्षको जिम्मेवारी पाएको उनले बताएका छ्न।महासंघले १२ बुँदे मधेस घोषणापत्र २०७९ समेत जारी गरेको छ।
योसँगै ठाकुरले महासंघले जारी गरेको घोषणापत्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छ्न।’हामीले जारी गरेको जनकपुर घोषणापत्र कार्यान्वयन मधेसका प्रत्येक सामुदायिक बिद्यालय हुने तर्फ केन्द्रित भएर काम गर्छौ ।राम्रो बिद्यालय,राम्रो शिक्षा र राम्रो सिकाइका लागी शिक्षामा सबैको पहुँच,गुणस्तर र शैक्षिक सुशासन स्थापित गर्ने बिद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको मुख्य उदेश्य हो।’उनले भने ।
त्यस्तै,प्रदेश उपाध्यक्षमा सर्लाहीका महेश यादब,सचिवमा धनुषाका राम पुकार यादव चयन भएका छ्न।अध्यक्ष ठाकुर श्री कन्छु नर प्रताप माध्यमिक बिद्यालय नकटीरायपुरको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन।मधेस सरकारका शिक्षा,बिज्ञान,प्रविधि तथा वाणिज्य मन्त्री महेश प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको थियो ।