नगरस्तरीय ‘मैथिली वक्त्तृत्वकला प्रतियोगितामा पासवान प्रथम
मिलाफ नेपालद्वारा सिरहा जिल्लाको औरही नगरपालिका ५ मा आयोजित ६ वटा विद्यालयका विद्यार्थीहरूको सहभागितामा मैथिली नगर स्तरीय वक्त्तृत्वकला प्रतियोगिता आयोजन गरिएको छ। गएको शनिबारझैँ यस शनिबार ” हमर मातृभाषा, हमर पहिचान ” शीर्षक माथि मातृभाषा विद्यार्थीलाई किन आवश्यक छ? विद्यार्थीमा भाषिक, सांस्कृतिक जागरणका उद्येश्यका साथ वक्त्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष शिवजी यादवको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम जनता प्रा. वि. औरहीको प्राङ्गनमा आयोजना गरिएको थियो।
विभिन्न विद्यालयका ११ वटा विद्यार्थीहरू मध्ये सहभागिता भएका प्रथम औरही मा.वि. को देव नारायण पासवान, ज.मा.वि. प्राविधिक धारका द्वितीय निकी कुमारी राय, तृतीय लिला कुमारी यादव तथा सांत्वना प्रतिभा यादव भएका छन्।
जसरी रावण सीतालाई हरण गरेका थिए त्यसरी नै हाम्रो भाषा मैथिली माथि निरन्तर हमला भई रहेको छ। जसरी यहाँका बच्चाहरू मैथिली भाषामा शिक्षा लिए पश्चात प्रगती गर्न सक्नेछन्। त्यसरी नै दोस्रो भाषामा अध्ययन गरी प्रगती गर्न सक्दैनन् । त्यसैले आफ्नो भाषाको शिक्षण सामाग्रीमा हामी जोड दिन्छौँ।
आउने आर्थिक बजेटमा मैथिली भाषामा किताब प्रकाशनका लागि बजेट छुट्याउने कार्यमा महत्वपूर्ण भूमिका रहने छ भन्दै प्रतिबद्धता व्यक्त गरे।
निर्णायक मण्डलीमा क्रमश: राज राय, शिक्षक अन्त नारायण यादव र कवि गजेन्द्र कुमार राय रहेका थिए।
कार्यक्रममा विभिन्न विद्यालयको शिक्षक, वार्ड नं ५ को अध्यक्ष, अतिथि तथा दर्जनौ विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको संयोजन रमण यादव धीरू र संचालन गजलकार शम्भू श्रीले गरेका थिए। कार्यक्रमका अध्यक्षता मिलाफ नेपालक सदस्य राज रायले गरेका थिए