काठमाडौं । रेडियोकर्मी कृष्णा ताम्राकारको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार राति न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
अस्पतालले दिएको जानकारी अनुसार उनको राति १० बजेर १० मिनेटमा निधन भएको हो ।
उनको भोलि मात्र दाहसंस्कार गरिने जनाइएको छ ।
उनले रेडियो नेपालको समाचार बाचिकाका रूपमा काम गरेकी थिइन् ।