दुईवटा ट्रक एकापसमा ठोकिँदा तीनजनाको मृत्यु
दुईवटा ट्रक एकापसमा ठोकिँदा तीनजनाको मृत्युु भएकाे छ ।
धनुषाको मिथिला नगरपालिका ३ हरिहरपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०१–००१ख ९२९२ नम्बरको ट्रक एकआपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए।
दुर्घटनामा परेर सर्लाहीका २० वर्षिय नारायण श्रेष्ठ घाइते भएका छन्। भन्ने सुनसरीका २८ वर्षिय चालक सागर चौधरी, सह चालक अर्जुन चौधरी र मोरङका ४४ वर्षिय लोकमान श्रेष्ठको मृत्यु भएकाे प्रहरीले जनाएका छन् ।