उच्च मुल्यांकनको आधारमा सई हृदय यादव पुरस्कृत
पब्लिक प्रेस संवाददाता
नवीन यादव
राजविराज ।सप्तरीमा कार्यरत दुई जना प्रहरी नायब निरीक्षक पुरस्कृत भएका छ्न।जिल्ला प्रहरी कार्यालय सप्तरीले चैतमा १२ गते प्रहरी नायब निरिक्षक हृदय यादव र मनाेज ठाकुरलाई पुरूस्कृत गरेका हुन ।
उनीहरुले सप्तरीमा अपराधीक गतिविधि गर्ने गिरोहहरुलाई नियन्त्रणमा लिइएकोमा पुरस्कृत भएका छ्न।जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ नम्बर वडास्थित खाडो खोलामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चैत ५ गते विशेष सुराकीको आधारमा चेकिङ्ग गर्नेक्रममा एक थान अटोमेटिक पेस्तोल बरामद गरेका थिए ।
छिन्नमस्ता गाउँपालिका २ नम्बर वडा महुवा बस्ने २८ वर्षीय सोनु रायको साथबाट उक्त पेस्तोल बरामद गरिएको थियो ।रायले कम्मरमा इलासटिकले बाधी राखेको अवस्थामा Made in USA र अर्को पट्टी China लेखेको automatic म्यागजिन सहितको पेस्तोल बरामद भएको थियो ।रायसँग प्रारम्भिक सोधपुछ गर्दा राजविराज नगरपालिका वडा नम्बर १ डुमरी बस्ने २८ वर्षीय रोशन यादवले उक्त पेस्तोल दिएको खुलेपछि यादवलाई समेत नियन्त्रणमा लिएको थियो ।
सोही आरोपितहरुलाई जिल्ला प्रहरी कार्यालय राजविराजमा बुझाएपछि असई यादवलाई उच्च मुल्यांकन गरि पुरस्कर दिएका हुन।
त्यसैगरी,विशेष सुराकीको आधारमा चैत ४ गते हनुमाननगरको प्रहरीले टोलीले गस्ती गर्दै जाँदा सोही पालिकाको वडा नम्बर १३ गोबरगाढा छतौनीबाट घोडामा बोकि एक सय ८४ किलोग्राम लागु औषध गाँजा तस्करी गरिरहेका अवस्थामा प्रहरीले बरामद गरेको थियो ।तस्करहरुले प्रहरीसँग मुडभेट गर्न थालेपछि प्रहरीको जवाफी हवाई फायर भएपछि घोडा र गाँजा छोडेर भागेका थिए ।
सोही कार्यको मुल्यांकन गरि जिल्ला प्रहरी कार्यालय उनीहरुलाई पुरस्कृत गरेको प्रहरी सहायक निरीक्षक हृदय यादवले बताए।