अग्निपिडितलाई राहत
नविन यादव/पब्लिकप्रेस
राजविराज,चैत २४।
धर्मीहल्फा महिला विकास क्लव लालापट्टीद्वारा अग्निपीडितलाई राहत सहयोग गरेका छन।राजविराज नगरपालिका वडा नम्बर १५ देउरीभरुवामा विहिबार भएको आगलागी पीडितलाई शुक्रबार सो संस्थाले राहत दिएका हुन।
क्लवका अध्यक्ष ईन्जिनियर सुर्यनारायण यादवले ३ जना अग्निपिडित नारायण मंडल,कुशे मंडल र डोमा मंडलका परिवारलाई त्रीपाल,झुल,तन्ना,लुगाकपडा,भाडा र खाद्यवस्तु सहयोग गरेका छन।
एक कार्यक्रमबीच नेपाल पत्रकार महासंघको सप्तरी अध्यक्ष श्रवण देव,राजविराज नगरपालिका १५ नम्बर वडाको अध्यक्ष ओम नारायण साह,अपांग संघ सप्तरीका अध्यक्ष बिरेन्द्र कुमार चौधरी,रामेश्वर यादव,उमेश कुमार यादव,पारश मणि यादव,डम्बर यादव लगायतको स्थानीयहरुको रोहवरमा उक्त राहत सहयोग गरिएको थियो।
गहुँ निकाल्ने थ्रेसर मेसिनबाट निकलिएको आगो घरमा सल्केपछि तीन परिवाको घर पुर्ण रुपमा जलेर नष्ट भएको छ।त्यस्तै,आगलागीबाट उनीहरुको १५ लाख बढिको क्षति भएको पीडितले बताए ।