लेखापढी कानुन व्यवसायी एसोसिएसनको पदाधिकारी र सदस्यको सपथ ग्रह
पब्लिक प्रेस संवाददाता
राजविराज,चैत २४ ।नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन अदालत इकाई समितिको नवौं अधिवेशनबाट निर्विरोध निर्वाचन भएका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण भएको छ।
शुक्रबार राजविराजस्थित अदालतमा उनीहरुलाई सपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको समितिका सह-कोषाध्यक्ष मो.जाकिरले बताएका छ्न।
निर्विरोध निर्वाचन समितिका अध्यक्षमा गुन्जेश्वर मण्डल,उपाध्यक्षमा राजकुमार शर्मा,सचिवमा मानदेव मण्डल,सह-सचीवमा कमल नारायण लाल दास,कोषाध्यक्षमा हरिहर मण्डल र सह-कोषाध्यक्षमा मो.जाकिर हुसेन निर्वाचित भएका छ्न।
त्यसैगरी,बिपिन कुमार कर्ण,यदुनन्दन यादव,ब्रहम नारायण देव,प्रमेश्वर यादव,ईन्द्र नारायण मण्डल ,महेन्द्र प्रसाद यादव र नटबर मण्डल सदस्यमा निर्वाचित भएको छ।