सप्तरीमा दुर्घटनामा परेर छोरीको मृत्यु, बुवा घाइते
सप्तरी
पब्लिक प्रेस सम्वदाता
सप्तरीमा दुर्घटनामा परेर कारको ठक्करबाट मोटरसाइकलमा सवार छोरीको मृत्यु र बुवा घाइते भएका छन् ।
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ९ बगाटोलका ३६ वर्षीय ध्रुव बस्नेतका १० वर्षीया छोरी एन्जिला बस्नेत रहेकी छिन् । मृतक बालिकाकाकाे बुवा मोटरसाइकल चालक ध्रुव गम्भीर घाइते भएका छन् ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार सप्तरीको खडक नगरपालिका ७ पूर्वपश्चिम राजमार्ग अन्तर्गत कल्याणपुर बजारमा आइतबार दिउँसो बा ३ च ५२९३ नम्बरको कार र को १५ प १९१ नम्बरको मोटरसाइकलमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका ध्रुव र एन्जिलालाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज लगिएको थियो । उपचारको क्रममा दिउँसो तीन बजे एन्जिलालाई डाक्टरले मृत घोषणा गरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी सिंहले जानकारी दिए । उनका बुवा ध्रुवको भने उपचार जारी छ ।
कार , कार चालक, ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारि गरिएकाे जिल्ला प्रहरी कार्यायल सप्तरीले जनाएको छ ।