पब्लिक प्रेस संवाददाता
राजविराज,२ वैशाख।महादेवा गाउँपालिका वडा नम्बर ३ बथनाहास्थित रहेको स्वास्थ्य चौकीमा स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ।
मधेस प्रदेश सरकार र स्थानीय तहबीचको सहकार्य अन्तर्गत शुक्रबार प्रयोगशाला सेवा शुभारम्भ भएको लोसपा नेता सुरेन्द्र कुमार यादवले बताएका छ्न।
यसैबीच अब देखी गाउँपालिकावासीले महादेवा जनस्वास्थ्य प्रयोगशाला स्वास्थ्य चौकी बथनाहाबाट सेवा लिने भएको छ।महादेवा गाउँपालिकाको आयोजनामा एक कार्यक्रमबीच सो प्रयोगशालाको शुभारम्भ भएको हो।
स्थानीय तहबाटै जनस्वास्थ्य प्रयोगशालाको सेवा लिन पाउने कार्य गाउँवासीको उपलब्धि भएको लोसपा नेता यादवले बताए ।त्यस्तै,कार्यक्रमका प्रमुख अतिथि महादेवा गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलले प्रयोगशालाको सेवा स्थानीय तहबाटै लिने भएपछि प्रदेश सरकारलाई यसका लागी धन्यवाद व्यक्त गरे।
कार्यक्रम ३ नम्बर वडाको वडा अध्यक्ष राम कुमार यादवको अध्यक्षता र गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डलको प्रमुख आतिथ्यता एवं उपाध्यक्ष अर्चना कुमारी यादवको विशिष्ट आतिथ्यतामा रहेको थियो ।प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झा लगायतका आतिथ्यतामा सम्पन्न भएको थियो ।