पटकपटकको ग्याङ्ग फाइटले स्थानीय आजित
पब्लिक प्रेस संवाददाता
राजविराज,२ वैशाख ।सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका युवाहरु बिगत एक वर्षदेखि ग्याङ्ग फाइटलाई निरन्तरता दिएको छ।
फाइट भएपछि स्थानीयहरुले मिलापत्र गराए पनि उनीहरु पुनः ग्याङ फाइट दोहोरिने गरेको कोइलाडी बर्साइनका प्रहरी नायब निरीक्षक रमेश कुमार सिंहले बताएका छन।
उक्त गाउँपालिका वडा नम्बर ५,६ र ७ बभनगामा,सडेपार,मंसापुर र बर्साइनका युवाहरु लागु औषध सेवन गरि ग्याङ्ग फाइट गरिदैँ आएका छ्न।
ती युवाहरुले सिमा पारी कुनौली बजारबाट लागु औषध खाएर गाउँ टोलाका केटाहरुबीच कुटपिट र चोरी जस्ता घटना गरिरहेको स्थानीयहरुले बताएका छ्न।
गत बुधबार बभनगामाका अर्जुन कुमार यादवलाई उनीहरुले ज्यान मार्ने गरि कुटपिट गरेका छ्न।कुटपिटबाट घाइते यादब छिन्नमस्ता अस्पतालमा उपचार गरि शनिबार घर आएको पारिवारिक स्रोतले बताए।उनको टाउकोमा फाइटरले आक्रमण गरिएको छ।आक्रमणबाट उनको टाउकोको विभिन्न भागमा टाका समेत लागेको बताए ।
वडा नम्बर ६ का वडा अध्यक्ष रोशन कुमार सिंहको भनाइमा यो मामिला महिनैपिच्छे हुने गरेको छ।झैझगडा,अभद्र व्यवहार जस्ता गतिविधि भइरहेकै बताए ।गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलको मौनताले पटकपटक ग्याङ्ग फाइट हुने गरेको बताए ।
वडा नम्बर ७ का वडा अध्यक्ष हरिनारायण मण्डलका अनुसार उनीहरुले लागु औषध सेवन गरि बारम्बार कुटपिट र झैझगडा गरिरहेकाले यस विषयमा नियमन निकाय गम्भीर हुन जरुरी रहेको छ।घटना पश्चात् स्थानीयहरु मिलेर एक देखी ३ हजार सम्म जरिवाना गरि मिलापत्र गराए पनि ग्याङ्ग फाइट रोकिने देखिएन ।तसर्थ आरोपितहरुलाई कारबाही नै गर्नुपर्ने अवस्था आइ सकेको बताए ।
सोही दिनको फाइटबाट तीन जना युवकहरु गम्भीर घाइते भएको थियो ।घरबाट विशेष कामले प्र २-०१-००३प ८०३० नम्बरको अपाचे मोटरसाइकल लिएर जानेक्रममा अर्जुनलाई मंसापुर हटियास्थित आरोपितहरुले लाठी,रड,फर्सा र साइकलको चेन लिएर आक्रमण गरिएको थियो ।उनले चढेको गाडी समेत जफत गरिएको थियो।उक्त गाडी अहिले बर्साइन चौकीको नियन्त्रणमा रहेको असई सिंहले बताए ।