स्वतन्त्र उम्मेदवार दिपेन्द्र साहले बुझाए निर्वाचन खर्च
पब्लिक प्रेस संवाददाता
राजविराज,वैशाख १४।स्वतन्त्र उम्मेदवारका रुपमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उठेका दिपेन्द्र कुमार साहले निर्वाचन खर्च बुझाएका छ्न।
बुधबार उनले सो निर्वाचन प्रयोजनका लागी एक लाख ४३ हजार ६ सय ४० रुपैयाँ खर्च गरेको लिखित विवरण निर्वाचन आयोगमा बुझाएका हुन।
करिब एक सय आफ्ना समर्थकहरु परिचालन गरेका उनले खाना र पानी बापत १७ हजार रुपैयाँ खर्च गरेका छ्न।त्यस्तै,डिजेल दुई सय ५० लिटर बापत ४४ हजार सात सय ५० र पेट्रोल चार सय ५० लिटर बापत ८१ हजार ९ सय रुपैयाँ खर्च गरेको विवरण बुझाएको छ।