दलित सरोकार मञ्चद्धारा आगलागी पीडित परिवारलाई राहत
कञ्चनपुर,बैशाख १९ गते ।
दलित सरोकार मञ्च नेपालले सप्तरीको कञ्चनरुप नगरपालिका १ बैरवा पोटरी हटिया स्थित मुश्लिम टोलमा भएको आगलागी पीडित परिवारलाई सोमबार राहतमा खाद्यान्य र ब्लैंकेट वितरण गरेको छ ।
मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पासवान,कञ्चनरुप नगरपालिका वडा नम्बर १का वडाअध्यक्ष रब्बान खाँन,कार्यपालिका सदस्यद्धय शोभा पासवान र सुरेश पंजियार,वडासदस्य दुर्गानन्द यादब,कलिम शेख र संयुक्त दलित सर्घष समिति कञ्चनरुपका संयोजक रामदेश शर्मा खत्वेको उपस्थितीमा प्रति परिवार २५ किलो चामल,२० किलो गहुँको आटा,१ केजी दाल,१ केजी चिनी,१ लिटर तेल र ४ पिस साबुन र एक एक पिस ब्लैंकेट वितरण गरिएको मञ्चका निर्देशक भोलाकुमार पासवानले बताए । आगलागी पीडितको अवस्था बुझन प्रतिनिधिसभाका सांसद नवलकिशोर साह समेत आगलागी भएको स्थलमा पुगेका थिए । एमालेका नेता मोहम्द कलिम समेत आगलागी पीडित परिवारलाई लताकपडाको व्यवस्था गरेको जनाएको छ ।
सोमबार विहान करिब २ बजे कलिम शेखको आफ्नै सुत्ने फुसको घरमा अचानक आगलगि हुदाँ सँगै टासिएको गाईगोठ समेत जलि पुर्ण रुपमा नष्ट भएको र उक्त आगो फैलि निजको भाई मर्तुन्ज सेखको नजिकै रहेको एक कोठे सुत्ने फुसको घर र निजको सानो भाई ईसलाम सेखको दुई तले टिनको जस्ता पता भएको कच्ची घरमा समेत आगो लागि हुदाँ घरमा रहेको सरसमानहरु जलि ७ परिवारकाे ४४ लाख भन्दा बढिकाे क्षति भएकाे मञ्चका कार्यकारी निर्देशक भोलाकुमार पसवानले बताउनु भएकाे छ । उक्त आगो स्थानिय बासी , सशस्त्र प्रहरी,नेपाल प्रहरी, हनुमान नगर कंकालिनी नगरपालिका र कञ्चनरुप नगरपालिका दमकलले नियन्त्रणमा लिएका थिए ।