गाई काटेको आरोपमा ३ जना पक्राउ
रुकुम पूर्व : गाई काटेको आरोपमा ३ जना पक्राउ परेका छन्
पक्राउ पर्नेमा भूमे गाउँपालिका-२ का ४४ वर्षीय रानविर कामी, वाड नम्बर -३ का ५९ वर्षीय सम्पती रोका र ५७ वर्षीया विनसरी रोका रहेका छन्।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्व का प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए। सोधपुछका क्रममा लडेर मरेको गाईलाई काटेको बताएका छन्।
पक्राउ परेका तीनै जनालाई सोमबार अदालतमा पेश गरेको र पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरी निरीक्षक गणेश पाण्डेले जनाएको छ।