तिलाठी काेईलाडी गाउँपालिकाबाट गाेरू चाेर पक्राउ
पब्लिक प्रेस सम्वदाता /
जिल्ला सप्तरी तिलाठी काेईलाडी गाउँपालिका वाड नम्बर २ स्थित लाैनिया बाट गोरु चोर पक्राउ परेकाे छ ।
तिलाठी कोईलाडी गाउँपालिका २ लौनिया स्थित जिल्ला सप्तरी छिनमस्ता ४ लालापटी बस्ने वर्ष ६२ को सत्रुधन यादव को २ ओटा गोरु उहाँको गोठ घरबाट चोरी भएकाे थियाे ।
बैशाख ३० गते १० बजे दिउसाे जिल्ला सप्तरी तिलाठी कोईलाडी गाउँपालिका २ लौनिया स्थित छिन्मस्ता गाउँपालिका ५ लोखरम बस्ने हरेराम मुखिया को छोरा वर्ष २१ को सतिश मुखियाले गाेरू लादै गरेको अवस्थामा प्रहरी चाैकि तिलाठीकाे प्रहरी नायब निरिक्षक को कमान्डमा टोलि खटी २ ओटा गोरु सहित सतिस मुखियालाई नियन्त्रणमा लिएकाे छ । पक्राउ परेकाे गाेरू चाेरमाथि अनुसन्धान कार्य जारी रहेको सप्तरी प्रहरीले बताउनु भएकाे छ ।