पब्लिक प्रेस
सप्तरी:राजविराजस्थित नेकपा एमालेले बुधबार रक्तदान तथा फलफूल वितरण गरेका छ्न।मदन-आश्रित स्मृति दिवसको अवसरमा एमाले सप्तरीको सहयोग र अनेरास्ववियुको आयोजनामा रक्तदान तथा फलफूल वितरण गरेका हुन।
नेपाल रेडक्रस सोसाइटीको कार्यालयमा एमाले नेताकार्यकर्ताले उक्त दिवस अवसरमा रक्तदान गरेका छ्न।त्यसैगरी गजेन्द्रनारायण सिंह अस्पतालका आकस्मिक कक्षमा बिरामीहरुलाई फलफूल वितरण गरेका छन।
अनेरास्ववियुका मनिसा साह, भवानी ठाकुर,सचिन्द्र यादव र सुर्य कुमार रजकले रक्तदान गरेका हुन।त्यस्तै सो पार्टीका मोर्चा फाँटका दुर्गानन्द ठाकुर,लक्ष्मण यादव,शिवराम मण्डल लगायतले १७ पाउन्ड रगत दान गरिएको हो।
रक्तदान गरेपछि सो पार्टीका पोलिटब्युरो सदस्य तथा पूर्व राष्ट्रसभा संसदीय दलका नेता सुमनराज प्याकुरेलको नेतृत्वमा जिएन सिंह अस्पतालका बिरामीहरुलाई फलफुल वितरण गरिएको हो।सोही कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष ताराकान्त चौधरी,उपाध्यक्ष अब्दुल मजिद साकिर,सचीव देवनाथ यादव लगायत नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई नविन विचारका साथ एकीकरण गरि नेकपा एमालेको रुपमा विकसित गरेका जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदन भण्डारी र उहाँसँगै कुशल संगठकका रुपमा योगदान दिने जीवराज आश्रितको स्मृति दिवसको अवसरमा देशभरि एमालेले विभिन्न कार्यक्रम गरि मनाउँदै छ्न।