पतिको दीर्घायुको कामना ग्रदै मधेशका जिल्लामा बट सावित्री पर्व मनाउँदै
सप्तरी –
पतिको दीर्घायुको कामना ग्रदै मधेशका जिल्लाहरूमा मिथिलाञ्चलका मैथलानी महिलाहरु बट सावित्री पर्व मनाउँदै छन् ।
मधेश लगायत ग्रामीण क्षेत्रका मैथलानी महिलाहरुले वरको रुखमा रातो पहेलो धागो बाँधी पतिको दिर्घायुको कामना गर्दै बट सावित्री पर्व मनाइरहेका छन् ।
शुक्रबार बिहानैदेखि मधेश प्रदेशको राजधानि जनकपुरधाम , बिरंगज , सिरहा , राजविराज तथा ग्रामिणभेगमा रहेको वरको रुखमुनि पुजाअर्चना गर्ने नवविवाहिता महिलाहरुको भीड लागेको छ ।
बट सावित्री पर्व मनाउँदा मनको इच्छा पूरासंगै पतिको आयु बढ्ने जनविश्वास रहि आएको छ । धार्मिक किम्वदन्ती अनुसार वरको रुखमा व्रह्मा, बिष्णु र महादेवको वास हुने भएकोले वरको रुखको पुजा गर्ने प्रचलन छ ।
पौराणिक मान्यता अनुसार ऋषिपुत्री सावित्रीले आफ्नो पति सत्यवानको प्राण यमराजसँग खोसेर ल्याएको दिनको स्मरण गर्दै विवाहित महिलाहरुले जेठ औंसीको दिन यो पर्व मनाउने गदर्छन् । केही वर्षअघिसम्म यो पर्व व्रम्हण, कायस्थ र सुनार जातिका महिलाहरुले मात्र मनाउँद अएकोमा अहिले अन्य समुदायका महिलाहरु पनि मनाउँने गर्दछन् ।
नवविवाहिता महिलाहरुको माइतीबाट यो पर्व मनाउन भार (कोसेली) पठाउने गरिन्छ र त्यसै कोसेलीबाट पूजाआजा गर्ने चलन पनि छ । कोसेलीमा साडी, चोलो, चना, आँप, चुरा, दही बेन (बाँसको पंखा) रातो पहेलो धागो लगायतका सामग्री पठाइन्छ । अन्य रुखको तुलनामा वरको रुखको आयु लामो हुने भएको र वरकै रुखमुनि सावित्रीको पति सत्यवानको प्राण फिर्ता गरिएकोले पुजा गर्ने चलन बसेको बुद्धिजिवीहरुको भनाई छ ।