कैलाश माझी सप्तरी ।
भ्रष्टाचार बिरुद्ध सिडियोलाइ ज्ञापनपत्र
बास- नेपाल सिरहा शाखाले भ्रष्टाचार बिरुद्ध सिरहाका सिडियो मार्फत प्रधानमन्त्रीलाइ ज्ञापनपत्र -बुझाएको छ ।
बास- नेपाल सिराहा शाखाका अध्यक्ष गोबिन्दराज बिष्टको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय ,सिरहामा पुगेका भ्रष्टाचार बिरोधी अभियन्ताहरुले सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेल मार्फत बढदो भ्रष्टाचार ,महगी, बेथिति बढेको भन्दै ज्ञापनपत्र बुझाएको हो ।
नेपालीको बिकासको मुख्य बाधक तत्व भ्रष्टाचार र भ्रष्टाचारी हुन ।बर्तमान सरकारले भ्रष्टाचार र भ्रष्टाचारीको बिरुद्ध चालेको कदमले अगामी दिनमा भ्रष्टाचार न्युनीकरण हुने बिश्वास आम नागरिकमा जागेको बिज्ञप्तिमा उल्लेख छन ।