लैङ्गिक हिंसा न्यूनीकरण सम्बन्धि अभिमुखिकरण समापन
पब्लिक प्रेस संवाददाता
राजविराज।बिद्यालय स्तरमा बालबालिकाहरुलाई लैङ्गिक हिंसा न्यूनीकरणसम्बन्धि पाँच दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार समापन गरेको छ।
शिव इन्टरनेसनल सेकेन्ड्री स्कुल राजविराजमा पाँचौदिनको अभिमुखिकरण सम्पन्न गरिए समापन गरिएको कार्यक्रम संयोजक सन्जिव कुमार दासले जानकारी दिए ।
‘घरैबाट शुरु गरौं,लैङ्गिक हिंसा अन्त्य गरौं’मुल नाराका साथ जीवन ज्योती समाज विकास केन्द्र नेपालको आयोजना र राजविराज नगरपालिकाको समन्वय तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा हुने कार्यक्रमबाट सात सय ५० जना लाभान्वित हुने बताए ।
सो कार्यक्रम वैशाख एक गतेदेखि ५ गतेसम्म चल्ने कार्ययोजना रहेकोमा पहिलोदिन जानकी सेकेन्ड्री स्कुल,दुई गते वर्ल्ड भिजन सेकेन्ड्री स्कुल ,लिलजा सेकेन्ड्री स्कुल,चार गते गौतम शिसु सदन राजविराजमा गरिएको हो।शुक्रबार शिव इन्टरनेसनल सेकेन्ड्री स्कुलमा बालबालिकाहरुसँग अन्तिम दिनको अभिमुखिकरण कार्यक्रम गरिने बताए ।
हेम नारायण दासको अध्यक्षता भइरहेको अभिमुखिकरण कार्यक्रममा प्रमुख प्रशिक्षिका सुनिता साह रहेकी छिन ।सो कार्यक्रममा प्रमुख अतिथि तथा राजविराज नगरपालिका,समाजिक बिकास शाखा अधिकृतको तर्फबाट अनुगमनकर्ता अनिता चौधरी रहेकी थिइन ।