राजविराजस्थित सञ्चालित निजी बिद्यालयहरुको लापरबाही रोकिएको छैन ।केही दिनयता निजी बिद्यालयको लापरबाहीले दुई जना छात्रको मृत्यु भएको छ।
केही दिनअघि पेरागन बिद्यालयको छतबाट लडेर एक जना छात्रको मृत्यु भएको थियो ।त्यस्तै,शुक्रबार राजविराजस्थित शिव इन्टरनेसनल बोर्डिङ स्कुलमा बिजुली तारमा हुकिङ लगाउने क्रममा कक्षा १० मा अध्ययनरत एक किशोरको मृत्यु भएको छ।
निजी बिद्यालयको लापरबाहीले केही दिनकै अन्तरालमा दुई जनाले ज्यान गुमाई सकेका छ्न।विद्यार्थीलाई विभिन्न काममा प्रयोग गरेर लापरबाही गर्दा उनीहरुको मृत्यु भएको हो।
निजी बिद्यालयको भौतिक संरचना,व्यवस्थापन जस्ता प्राविधिक वस्तुस्थितिको नगरपालिकाले नियमित अनुगमन गर्न छोडेपछि लापरबाही बढ्दै गएको छ।जसले अभिभावकको सन्तानले ज्यान गुमाउनु परेको छ।
राजविराज नगरपालिकाले उपरोक्त विषय गम्भीरतापूर्वक लिन जरुरी छ।भौतिक संरचनामा लापरबाही र बिद्यालयको अन्य काममा विद्यार्थी लगाउने भएकाले अनुगमन गरि त्यस्ता बिद्यालय प्रशासनलाई कारबाहीको दायरामा ल्याउनुपर्छ।विद्यार्थीको ज्यान जोखिममा पर्ने त्यस्तो कुनै प्रयोजनमा प्रयोग गर्न नदिने कुरा कडाका साथ लागु गर्नुपर्छ ।