सदनमै सत्तापक्षका सांसदको भ्रामक अभिव्यक्ति सम्पादकीय/ –
संसद त्यस्तो थलो हो जहाँ निति,कानुन र देशको कामकारबाही व्यवस्थापन गरिन्छ ।त्यहाँ बहस,छलफल र कारबाही प्रक्रिया निरन्तर चलिरहन्छ।त्यस्तो ठाँउमा भ्रामक,तथ्यहिन र तुच्छ अभिव्यक्तिबाट सम्भवतः बच्न सक्नुपर्छ ।प्रतिपक्ष दलले सत्तापक्षलाई प्रश्न,आलोचना र अनुचित कार्यको विरोध,सचेत र निगरानी गरिरहनुपर्छ।
तर विडम्बना देशको सार्बभौमसत्ता सम्पन्न संघीय संसदमै सत्तापक्षका सांसदले आधारहिन अभिव्यक्ति दिएको छ।उक्त अभिव्यक्तिको विरुद्धमा नेकपा एमालेले सदनको कारबाही प्रक्रिया नै अवरोध पारे ।उनीहरुले आरोप पुष्टि गर्ने सर्वेसर्वा अधिकार सरकारकै हातमा रहे तापनि अनुसन्धान र कारबाही प्रक्रिया छोडेर भ्रामक अभिव्यक्ति दिनु खेदजनक रहेको बताए ।उनीहरुले अभिव्यक्ति नसच्चाए सदन चल्न नदिने अडानमा अडिग रहे।
अनन्त सत्तापक्षले यसरी प्रतिपक्षी दलका नेता माथि आधारहिन आरोप लगाउनु गल्ती भएको स्विकारे ।सभामुखले उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन गरे।
सदनमै सत्तापक्षका संसदको भ्रामक अभिव्यक्ति आउनुले सत्तारूढ दलको निति जनतालाई सेवाप्रवाह दिने भन्दा पनि प्रतिपक्षको विरोधमा आधारहिन आरोप लगाउनमै लिप्त रहेको बुझ्न सकिन्छ ।भ्रष्टाचार विरुद्धमा चालिएको लडाइँ देशवासीलाई गौरवान्वित गर्ने कदम भएपनि यसरी आधारहिन अभिव्यक्ति दिएर जनतामा भ्रम फैलाउन चै उचित नभएको देखिन्छ ।अगामी दिन् स्वच्छ बहस,छलफल र तथ्यगत आरोप सहित सांसदहरु सदनमा प्रस्तुत होउन् ।