विराटनगर । विराटनगर ९ स्थित भानु टोलमा रहेको संकल्प क्लासेसमा सिटिइभिटी र कक्षा १२ मा विज्ञान सङ्कायमा अध्ययन गरेका विद्यार्थीहरूको लागि मेडिकल इन्जिनियरिङ,पारा मेडिकल लगायतका प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन भइरहेको छ।
पछिल्लो ३ वर्षदेखि उत्कृष्ट नतिजा ल्याउँदै आएको संकल्प क्लासेसले मेडिकल इन्जिनियरिङ प्रवेश परीक्षाको लागि सम्पूर्ण तयारी कक्षा जेठ १० गतेदेखि पौषको पहिलो हप्तासम्म सञ्चालन हुने संकल्प क्लासेसले जनाएको छ।
विराटनगरका विद्यार्थीहरू प्रवेश परीक्षाको तयारी गर्न काठमाडौँ जानु पर्ने बाध्यतालाई मध्यनजर गर्दै विराटनगरमा तयारी कक्षा सञ्चालन ल्याएको संकल्प क्लासेसका संचालक अकलेस साहले जानकारी दिए । थोरै विद्यार्थीहरूलाई पढाएर धेरै नाम निकाल्न सफल यस संस्थाको नतिजा काठमाडौँका नाम चलेका संस्थाहरू भन्दा पनि उत्कृष्ट रहेको सञ्चालक साहको दाबी छ।
पछिल्लो ३ वर्षदेखि एमबीबीएस(MBBS),बीडीएस(BDS),बीएएमएस(BAMS),बी एससी नर्सिङ्ग(B.SC.Nursing),बी एससी एमएलटी(B.SC.MLT),बी फर्मा(B.Pharma),बी अप्टोमेट्री(B.Optometry),बी एससी फरेस्ट्री (B.SC.Forestry),बी.इ. (BE) लगायतको कोर्समा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको संकल्प क्लासेसले जनाएको छ।
गतवर्षको चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षामा एमबीबीएस(MBBS) तर्फबाट नेपालको दोस्रो स्थानमा प्रफिन यादव र पाचौ स्थानमा आदित्य शर्मा पर्न सफल भएको सञ्चालक साहले जानकारी दिए। साथै अन्य ७ जना एमबीबीएस,बीएमएलटी तर्फ ३ जना,बी एस सी नर्सिङ्ग तर्फ २ जना,बीएएसएलपी तर्फ १ जना,इन्जिनियरिङ तर्फ १ जना र बीपीटी तर्फ १ जना गरि जम्मा १६ जना विद्यार्थीहरूले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको थिए।
२०७७/७८ को प्रवेश परीक्षाको नतिजामा एमबीबीएस तर्फ ९ जना, बिडीएस तर्फ ६ जना,इन्जिनियरिङ लगायत अन्य ९ जनाले पूर्ण छात्रवृत्ति पाएको संकल्प क्लासेसले जनाएको छ।
काठमाडौँमा एउटै कक्षामा धेरै विद्यार्थीहरूलाई राखेर शिक्षकहरूले पढाउने हुँदा विद्यार्थीहरूले राम्रोसँग नबुझिने र नतिजा राम्रो नआउने सञ्चालक साहले बताए। उनका अनुसार काठमाडौँमा सुरुको महिनामा राम्रो शिक्षकले पढाउने विस्तारै अन्य प्रशिक्षकहरूबाटै पढाई हुने गर्दछ। राम्रो संग हेरचाह नपुगेकाले धेरै विद्यार्थीहरु असफल हुने, एक वा बढी वर्ष कुर्नुपर्ने जसले गर्दा विद्यार्थीहरू डिप्रेसनको शिकार हुने उनले आफ्नो अनुभव सुनाए।
संकल्प क्लासेसमा अध्ययन गरेका विद्यार्थीहरूको उत्कृष्ट नतिजा आउनुको कारण कक्षाकोठामा थोरै विद्यार्थी राखेर अनुभवी शिक्षकद्वारा राम्रो हेरचाहका साथ चाहिएको बेलामा प्रेरणा, मार्ग दर्शन हौसला दिदै विद्यार्थीहरूलाई प्रवेश परिक्षासम्म अध्यापन गराउनु रहेको सञ्चालक साहले बताए।
काठमाडौँमा अहिले भर्ना गर्ने विद्यार्थीहरूलाई ४ महिना अर्थात दशैं अगाडि सम्म मात्रै प्रवेश परीक्षाको तयारी कक्षा सञ्चालन हुने तर हामीले हाम्रो विद्यार्थीहरूलाई ७ महिनासम्म अध्ययन गराइने सञ्चालक साहले जानकारी दिए। हामीले ७ महिनासम्म पढाउने हुँदा कमजोर विद्यार्थीहरूलाई विशेष ध्यानमा राखेर अध्यापन गराउने हुँदा धेरै सङ्ख्यामा छात्रवृत्तिमा नाम निकाल्न सक्ने सञ्चालक साहको दाबी छ।
काठमाण्डौबाट नाम निकालेका विद्यार्थीहरूसँग कुरा गर्दा पनि अधिकांश विद्यार्थीहरू सुरुको एक दुई महिना मात्रै कोचिङ्ग गएको र पछि होस्टेल बसेर स्वअध्ययन गरेको बताउँछन्।
धेरै जसो विद्यार्थीहरू Mock Test को लागि मात्रै काठमाडौँ बस्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै अहिले विराटनगरमा संकल्पले पनि प्रतेक शनिवार Weekly Mock Test लिने गरेको सञ्चालक साहले जानकारी दिए । उक्त Mock Test संकल्पका विद्यार्थीहरु, घरमै बसेर तयारी गर्ने विद्यार्थीहरु, कक्षा ११ र १२ मा अध्ययनरत सम्पूर्णले सहभागी हुन् पाउने संकल्प क्लासेसले जनाएको छ।