सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम
सामुदायिक विद्यालयका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना तालिम
पब्लिक प्रेस सम्वदाता
राजविराज, जेठ। सप्तरीको खडक नगरपालिकामा आत्मरक्षा सम्बन्धी जनचेतनामुलक तालिम सम्पन भएको छ । सोमबार सो नगरपालिकाको तिनवटा माध्यमिक विदयालयका छात्राहरुलाई उक्त तालिम दिई कार्यक्रम सम्पन्न गरिएको संजिव कुमार दासले जानकारी दिए ।
आत्मनिर्भर बनौं, हिंसाबाट बचौं मुल नाराको साथ १२ गतेका दिन श्री जनता माध्यमिक विदयालय लालपट्टी,त्यस्तै,१४ गते श्री ५ महेन्द्र माध्यमिक विदयालय इनर्वा फूलवडिया र श्री भ.स.रा.ज माध्यमिक विदयालय कल्याणपुरका छात्राहरुलाई आत्मरक्षा सम्बन्धी जनचेतना मुलक तालिम दिइएको छ ।
उक्त कार्यक्रम सुरक्षा नेपालको आयोजना र खडक नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो । कराटे गुरु संजय परियारको प्रमुख प्रशिक्षणमा तालिम दिइएको थियो । सो कार्यक्रमको नगरकार्यपालिकाले अनुगमन गरेको दासले बताए । सुरक्षा नेपालको कोषाध्यक्ष प्रमोद नरायण दासको अध्यक्षता र सम्बन्धीत स्कुलका प्रधानाध्यापकहरुको प्रमुख आतिथ्यतामा तालिम भएको थियो । निकुञ्ज मिश्रा र अंजु साहको संयोजनमा सम्पन्न भएको कार्यक्रमबाट १५ सय छात्राहरु लाभान्वित भएका छन ।